काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप एक हजार ४४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ४२९ ६३२ जनाको नमूना परीक्षण गरिएको थियो । आठ हजार ९६५ जनाले पिसिआर र दुई हजार ४६४ जनाले एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा २५५ जना कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या आठ लाख १४ हजार ४८५ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट दुईजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६०६ पुगेको छ ।
हाल नेपालमा ७ हजार ८ सय ५५ सक्रिय संक्रमित आइशोलेशन र १ सय १३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।














