Logo
Logo

अध्यागमनमा सेटिङको जालो



काठमाडौं । अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विगत ५ महिनायता दैनिक सयौं नेपाली युवाहरु भिजिट भिसामा यूएई लगायतका खाडी मुलुकमा बैदेशिक रोजगारीमा गइरहेका छन् । अध्यागमन कार्यालय एयरपोर्टका कर्मचारीको सेटिङमा पुरुषमात्र होइन, महिलासमेत भिजिट भिसामा खाडी मुलुकमा बैदेशिक रोजगारीमा निर्वाध रुपमा गइरहेका छन् ।

प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाही र विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई

दैनिक १ सयदेखि २ सयसम्म महिला पुरुष भिजिट भिसामा यूएई लगायतका मुलुकमा गएका छन् । अध्यागमनका कर्मचारीले दैनिक लाखौं घुस असुली गरिरहेका छन् । महिलालाई बैदेशिक रोजगारीमा खाडी मुलुक जान बन्देज भएकाले भिजिट भिसामा पठाउने गरिएको छ । अध्यागमनका कर्मचारीले एक महिलाबराबर ५० हजार र पुरुषसँग २५ हजार घुस लिएर भिजिट भिसामा पठाउने गरेका छन् ।

महिला बेचबिखन रोक्न सरकार र गैरसरकारी संस्थाहरुले सीमानाकामा कडाई गर्दैआएका छन् । तर, अन्तर्राष्ट्रिय विमानस्थलबाटै दिनमा सयौं महिला अरब राष्ट्रमा गइरहेका छन् । महिलालाई खाडी राष्ट्रमा पठाउँदा यौनहिंसाको शिकार भई कतिपय त गर्भवती भएर फर्किने क्रम बढेपछि २०६८ मा सरकारले बैदेशिक रोजगारीमा हाउसमेडका रुपमा पठाउन रोक लगाएको थियो ।

तर, दलाल र अध्यागमनका कर्मचारीको सेटिङमा दैनिक महिला भिजिट भिसामा गइरहेका छन् । कुनै कुनै दिन त यूएई जाने प्रायः सबै विमान भिजिट भिसामा बैदेशिक रोजगारीमा जाने नेपाली महिला र पुरुषले नै भरिने गरेको विमानस्थल कार्र्यालय प्रहरी स्रोतले बताएको छ । भिजिट भिसामा जानेहरुको रोजगारीको ग्यारेन्टी नहुने भएकाले दलालहरुको फन्दामा परेर यूएई गएका हजारौं नेपाली अहिले दुवईमा अलपत्र परेका छन् । भिजिट भिसामा विगत ६ महिनामा पुरुष र महिला गरी ४० हजार त यूएईमात्रै पुगेका छन् ।

अध्यागमनमा कोरोनाकालमा भिजिट भिसामा मानवतस्करी मौलाएको थियो । विगत भदौदेखि त दलालहरुले अध्यागमन सेटिङ गरी मानवतस्करी गर्ने क्रम बढेको छ । भिजिट भिसामा मानवतस्करी मौलाएपछि अध्यागमनका हरेक कर्मचारीको आम्दानी दैनिक कम्तीमा एक लाख भन्दा बढी हुने भएपछि सरुवा भएका कर्मचारी पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रशासन शाखाका उपसचिव रविन्द्रजंग थापासँगको सेटिङमा पुनः विमानस्थल अध्यागमनमै फर्किएका छन् ।

अध्यागमनमा कोरोनाकालमा भिजिट भिसामा मानवतस्करी मौलाएको थियो । विगत भदौदेखि त दलालहरुले अध्यागमन सेटिङ गरी मानवतस्करी गर्ने क्रम बढेको छ । भिजिट भिसामा मानवतस्करी मौलाएपछि अध्यागमनका हरेक कर्मचारीको आम्दानी दैनिक कम्तीमा एक लाख भन्दा बढी हुने भएपछि सरुवा भएका कर्मचारी पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रशासन शाखाका उपसचिव रविन्द्रजंग थापासँगको सेटिङमा पुनः विमानस्थल अध्यागमनमै फर्किएका छन् ।

अध्यागमनमा दैनिक लाख भन्दा बढी घुस खान पाउने भएपछि विगतमा घुसकाण्डमा परी निलम्बनमा परेका र अकूत सम्पत्ति कमाउने बदनाम कर्मचारीहरुको लर्को नै लागेको छ । सामान्य प्रशासनका एक उच्च अधिकारीका अनुसार विगत ५ महिनाको अभिलेखमा सबैभन्दा बढी सरुवाका लागि धेरै दबाब आउने कार्यालयमा एयरपोर्ट अध्यागमन हो । गरेको अध्यागमन एयरपोर्ट अध्यागमनमा दरबन्दी भन्दा पनि बढी कर्मचारी गृहमन्त्रालयले खटाएको छ । ती बदनाम कर्मचारीबाट दररेट तोकेर गृहमन्त्री बालकृष्ण खाँणले नै पठाएको आरोप छ ।

एयरपोर्ट अध्यागमनमा भिजिट भिसामा मानतस्करीमा मुछिएर सरुवा भएर पनि त्यहीँ फर्किनेहरुमा बरिष्ठ अध्यागमन अधिकृत रामकुमार शाही, अध्यागमन अधिकृत गणेशविक्रम शाही, अध्यागमन अधिकृतहरु प्रदीप गिरी, नइन्द्रप्रसाद उपाध्याय र शितल बहादुर रावल हुन् । यिनीहरुमध्ये कतिपय अख्तियारले भ्रष्टाचारमा मुद्दा चलाएका पनि छन् । उनीहरु पुनः भिजिट भिसामा दलालहरुसँग सेटिङ गर्ने कर्मचारीभित्र पर्दछन् । अध्यागमनमा बदनाम भएका नायब सुब्बा कृष्ण खनाललाई धेरै गुनासो आएपछि मन्त्रालयमा काज सरुवा गर्दा पनि एयरपोर्ट अध्यागमनमै भिजिट भिसाको सेटिङमा बसेका छन् । भिजिट भिसामा मानवतस्करीबाट हुने आम्दानीको भागबण्डा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाही र बिभागका महानिर्देशक नारायणप्रसाद भट्टराई हुुँदै गृहमन्त्रालयका सचिव र मन्त्रीसम्म सेटिङको हिस्सा पुग्ने गरेको छ ।

अध्यागमन एयरपोर्टमा भिजिट भिसामा मानवतस्करी मौलाएको सूचनापछि अख्तियारले पनि अनुगमन बढाएको छ । तर अख्तियारको अनुगमन चलिरहन्छ भन्दै रामबहादुर शाही र गणेशबिक्रम शाहीको समूह दलालसँग सेटिङ गरी भिजिट भिसामा मानवतस्करी निर्वाध गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्