Logo
Logo

अस्पताल कर्मचारी अभाव हुन नदिन मन्त्रालयको निर्देशन



काठमाडौं । सरकारले देशभरका अस्पताल र प्रयोगशालाहरूमा महामारीका बेला कर्मचारीको अभाव हुन नदिने प्रबन्ध गर्न निर्देश गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सचिवस्तरीय निर्णयबाट देशभरका अस्पताल र प्रयोगशालाहरूलाई पत्राचार गर्दै जनशक्ति अभाव हुन नदिन निर्देशन गरेको हो । मन्त्रालयले स्वीकृत दरबन्दीअनुसार कुनै पद रिक्त भए तत्कालै पदपूर्तिको व्यवस्था गर्न भनेको छ ।

त्यस्तै, स्वीकृत दरबन्दीअनुसार कुनै पनि पद रिक्त भएमा त्यस्तो ठाउँमा करार कर्मचारी भर्ना गरेर जनशक्तिको उपयुक्त व्यवस्था गर्न निर्देशन गरेको छ ।

बिहीबार सचिवस्तरीय निर्णयबाट देशभरका शिक्षण अस्पताल, प्रतिष्ठान, अस्पतालहरु र प्रयोगशालाहरूलाई जनशक्ति व्यवस्थापन गर्न निर्देशन गरिएको मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख डा।समीरकुमार अधिकारीले जानकारी दिए ।

मन्त्रालयले स्वीकृत दरबन्दीहरूको करार नियुक्ति भएको र म्याद सकिएको भए ती पदहरूमा माघ महिनादेखि बढीमा ३ महिनासम्म म्याद थप गर्ने व्यवस्था गर्न निर्देशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्