Logo
Logo

रौतहटमा लागुऔषधसहित एक युवक पक्राउ


रुपेन्द्र पटेल


रौतहट । रौतहटमा प्रतिबन्धित लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको नियमित गस्ती टोलीले बिहीबार चन्द्रपुर नगरपालिका वडा नं– ५ थलही टोलबाट २० वर्षीय सुमन वि.कलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटको अनुसार शंका लागको आधारमा वि.कमाथि चेकजाँच गर्दा डाइजेल्याव इन्जेक्सन आइपी २ एमएलको ३८ थान, बुपरेनोफिन इन्जेक्सन आईपी २ एमलको ३६ थान, आरएक्स प्रोमेथराजिन हाइड्रोक्लोराइड इन्जेक्सन आइपी फेनेरगन २ एमएलको ३९ थान फेला परेको छ ।

त्यस्तै उनको साथबाट नाइट्राभेट १० ट्याब्लेट ३२ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवं डिएसपी सुनिल मल्लले बताए । पक्राउ परेका वि.कलाई लागुऔषध ओसारपसार ऐनअनुसार अनुसन्धान भइरहेको प्रहरीको प्रहरीको भनाइ ।

प्रतिक्रिया दिनुहोस्