
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रत्येक ५ वर्ष १० महिनासम्म चुनावमा अल्झिनु समय र खर्चको हिसाबले उपयुक्त नभएको बताएका छन् ।
उनले तीन तहको निर्वाचनमा हुने समयको खर्चको बारे पुनर्विचार गर्न सुझाएका पनि छन् ।
‘चुनावको मुद्दालाई दलीय स्वार्थबाट नहेरौँ । मुख्य मुद्दा यो होः ३ चरणका स्थानीय तहका कार्यकाल वैशाख/जेठ,असार र असोजमा पूरा हुने र प्रदेशको पुस/माघ र संघको फागुनमा हुने भएकाले प्रत्येक ५ वर्ष १० महिनासम्म चुनावमा अल्झिनु समय र खर्चको हिसाबले कति उपयुक्त होला ?’, पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले भनेका छन्, ‘बिरालो बाँधेर श्राद्ध गरिरहने ?’











