Logo

माओवादी नेता पुन चीनबाट आज स्वदेश फर्किंदै



काठमाडौं । नेपाल कम्युुनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता वर्षमान पुन ‘अनन्त’ चीनबाट आज स्वदेश फर्किँदैछन् । नेता पुन चीनमा स्वास्थ्य उपचार गराएर आज स्वदेश फर्कने भएका हुन् ।

पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ आज बेलुका चार्टर विमानमार्फत पुन नेपाल आउन लागेका हुन् ।

पुनले सामाजिक सन्जालमार्फत् सुरुमा बैंकक र त्यसपछि चीनमा उपचार गराएका पूर्णस्वास्थ्यलाभ गरी स्वदेश फर्किन लागेको जानकारी दिएका थिए ।

नेता पुनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा जण्डिसको उपचार भएको थियो ।

वंशाणुगत जण्डिसका बिरामी पुन जावलाखेलस्थित सुमेरु अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सकको परामर्शमा गत १३ असोजमा थाइल्याण्डको राजधानी बैंकक गएका थिए ।

बैंककस्थित समितिभेज अस्पतालमा दुई महिना उपचार गराउँदासमेत स्वास्थ्यमा सन्तोषजनक सुधार नभएपछि १० मंसिरमा चीन लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्