Logo
Logo

प्रधानमन्त्रीको आग्रह- देशमै मल कारखाना खोल्नुहोस्



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मल कारखाना स्थापना गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा अफगान नागरिकहरुलाई सहयोग गरेर फर्किएका उद्योगी व्यवसायी र सरकारका प्रतिनिधिहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले नेपालमा मल कारखाना स्थापना गर्र्न आग्रह गरेका हुन् ।

उनले उद्योग, व्यवसायीहरुले मल कारखाना स्थापना गरे सरकार सहयोग गर्ने तयार रहेको उनले बताए । उनले भने, ‘कतिपय सरकारलाई प्राथमिकताहरू हुन्छन् । जस्तो अहिले कुरा आएको छ, फर्टिलाइजर प्रायोरिटीको । कुरा भएन, पाइएकै छैन के गर्नु रु यहाँ त्यो उद्योग खोल्नुस् ।’

प्रधानमन्त्री देउवाले अफगानिस्तानमा खाद्यान्न संकटको बेला मानवीय सहयोग गर्नु सरकारको दायित्व भएको भन्दै अफगानी नागरिकहरूलाई सहयोग गरेकोमा सरकारको तर्फबाट धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्