Logo
Logo

टिभिएसको बम्फर उपहार अन्तर्गत भक्तपुरका विनोद मानन्धरलाई प्रोटोन कार



काठमाडौं । नेपालका लागि टिभिएस टू–ह्वीरर्सको आधिकारिक विक्रेकता जगदम्बा मोटर्सले दशैं, तिहार र छठ पर्वको अवसरमा संचालन गरेको ‘टिभिएस सिक्स प्राइसको सरप्राइस’ योजना अन्तर्गत प्रोटोन सागा कार विजेता घोषणा गरेको छ ।

जगदम्बाले गोलप्रथाबाट विजेता घोषणा गरेको हो । ‘टिभिएस सिक्स प्राइसको सरप्राइस’ योजना अन्र्तगत सल्लाघारी भक्तपूरका विनोद मानन्धरले प्रोटोन सागा कार हात पारेका छन् । टिभिएस एन्ट्रक आरटी–एफआइ खरिद गरेर उपहार योजनामा सहभागी मानन्धरले प्रोटोन सागा कार उपार जितेका हुन् ।

त्यसैगरी ‘टिभिएस सिक्स प्राइसको सरप्राइस’ अन्तर्गत नै खड्गीमाया आङदेम्बे र बिना नेम्बाङले आरआर ३१० मोटरसाइकल जितेका छन् ।
जगदम्बाले उपहार योजना अन्र्तगत ‘१०० प्रतिशत क्यास व्याक’ योजनाका विजेताहरुको समेत नाम घोषणा गरेको छ ।

जसअनुसार सकिन धोवी, रविन्द्र दंगौरा, प्रज्ञा केसी, कुमार कर्की, राजकुमार खरेल, शरस्वती चन्द, केष्णप्रसाद भट्टराई र केशवकुमार रावलले १०० प्रतिशत क्यास व्याक पाएका छन् ।

जगदम्बाले मंगलबार एक टेलिभिजनमार्फत प्रत्यक्ष प्रशारण गरि विजेताको नाम घोषणा गरेको हो ।

जगदम्बा मोटर्स नेपालमा टिभिएस टू–ह्वीलर्सका लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १४५ भन्दा बढी डिलरहरुमार्फत जगदम्बाले टू–ह्वीलर विक्रि वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्