Logo
Logo
राष्ट्रियसभा निर्वाचन प्रदेश- १

प्रदेश १ मा गुरु बराल र गोपाल बस्नेतको मत बराबर


13.3k
Shares

विराटनगर । राष्ट्रियसभा निर्वाचन अन्तर्गत प्रदेश १ मा कांग्रेस उम्मेदवार गोपालकुमार बस्नेत र एमालेका उम्मेदवार गुरुप्रसाद बरालको मत बराबर आएको छ ।

निर्वाचन आयोगका अनुसार दुवै जनाको मतभार ४४८८ आएको हो । अन्यतर्फ बस्नेत, बराल र राप्रपाका अमरबहादुर विष्टको उम्मेदवारी परेको थियो । मतभार बराबर आएपछि कि त गोलाप्रथा वा पुनःनिर्वाचन हुने प्रावधान रहेको छ ।

यसअघि महिलातर्फ नेकपा एकीकृत समाजवादीकी जयन्ती राई र अपांगता भएका व्यक्ति वा अल्पसंख्यकतर्फ एमालेका सोनाम गेल्जेन शेर्पा विजयी भएका थिए।

प्रतिक्रिया दिनुहोस्