Logo
Logo
राष्ट्रियसभा निर्वाचन

कर्णालीमा पाँच दलीय गठबन्धनका तीनै उम्मेदवार विजयी


7.4k
Shares

काठमाडौं । राष्ट्रियसभा सदस्यको निर्वाचन अन्र्तगत कर्णाली प्रदेशमा सत्तारुढ पाँच दलीय गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् । कर्णाली प्रदेशमा ३ सिटका लागि ६ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो ।

कर्णाली प्रदेशमा महिला तर्फको एक सिटका लागि सत्तारुढ पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका दुर्गा गुरुङ विजयी भएका हुन । गुरुङुँग एमालेका गंगा थापा पराजित भए ।

यस्तै अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक तर्फको एक सिटका लागि सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका नरबहादुर विष्ट विजयी भएका छन् । एमालेका पदमबहादुर माझीलाई पराजित गर्दै विष्ट विजयी भएका हुन् ।

यसैगरी, अन्य समूह तर्फको एक सिटका लागि सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका उदयबहादुर बोहोरा विजयी भएका छन् । बोहरासँग् एमालेका चुडामणि शर्मा पराजित भए ।

कर्णाली प्रदेशमा महिला, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समूह गरी ३ सिटका लागि ६ जना प्रतिस्पर्धामा रहेका थिए ।

निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले कर्णाली प्रदेशमा साझा उम्मेदवारी दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्