
काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक स्थलमा भद्दा मजाक गर्नेहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ । सार्वजनिक स्थलहरुमा मजाक, ख्यालठट्टा वा मस्करी (Prank)को नाममा सर्वसारण व्यक्तिलाई शारिरिक तथा मानसिक रुपमा सास्ती दिने, हैरानी पार्ने तथा दिक्दार लगाउने जस्ता क्रियाकलापहरु भइरहेको भन्दै यस्तो गर्नेलाई कारवाही गर्ने गृहमन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सार्वजनिक स्थलमा मजाक, ख्यालठट्टा वा मस्करीको नाममा सर्वसाधारण व्यक्तिहरूलाई शारीरिक तथा मानसिक रूपमा सास्ती दिने, हैरानी पार्ने काम नगर्न मन्त्रालयले निर्देशन दिएको हो ।
सर्वसाधारणमाथि मजाक गरेर गोप्य भिडियो बनाइ सार्वजनिक गर्ने गरेको गुनासो बढेको भन्दै मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । कुनै पनि व्यक्तिको सहमति बिना त्यस्ता क्रियाकलाप गर्ने व्यक्तिहरूलाई कानुनी कारबाही गरिने मन्त्रालयले जनाएको छ ।












