Logo
Logo

ओलीप्रति लक्षित गर्दै शर्माले भने- ‘नागरिकको जीवनप्रति गम्भीर खेलबाड !’


3.6k
Shares

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोरोनाभाइरस (कोभिड-१९) पुष्टि भएका व्यक्ति आइसोलेसनमा नबसेर नागरिकको जीवनप्रति गम्भिर खेलबाड गरेको बतााएका छन् ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै महामन्त्री शर्माले संक्रमण पुष्टिपछि ‘आइसोलेसन’मा बस्नु हामी सवैको जिम्मेवारी भएको बताएका हुन् ।

ओली दुई दिनअघि कोरोना संक्रमित भएकै बेला सार्वजनिक कार्यक्रममा सहभागी भएको भिडियो सार्वजनिक भएको थियो । त्यसपछि ओलीको उक्त कदमको चर्को आलोचना भएको थियो ।

‘संक्रमण पुष्टिपछि आइसोलेसनमा बस्नु हामी हरेकको जिम्मेवारी हो । पालना नगर्नु बहादुरी होइन गैह्र जिम्मेवारीको पराकाष्ठा, कानूनको उलंघन र अन्य नागरिकको जीवनप्रति गम्भीर खेलबाड समेत हो !’, कसैको नाम नलिइ शर्माले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

सोही यहि ज्ञान र बिज्ञान आत्मसात गरेर, संक्रमणपछि आफु पूर्ण आइसोलेसनमा बसेर, बल्ल सांगठनिक काममा फर्केको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्