Logo
Logo

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै


2.9k
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको लगातार अवरोधका कारण संसद् बैठक नियमित कार्यसूचीमा अगाडि बढ्न नसकिरहेको बेला सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

संसद् बैठक अघि बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको हो ।

संघीय संसद्को बैठक दिउँसो १ बजे बस्दै छ । बैठकको सम्भावित कार्यसूचीमा सहिद दिवसका अवसरमा सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यसूची रहेको छ ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले ‘थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन आ.व २०७७/७८’ पेस गर्ने कार्यसूची छ ।

यस्तै सभामुख सापकोटाले २०६४ सालको संविधान सभामा समानुपातिक तर्फबाट निर्वाचित सदस्य जगतबहादुर ताजपुरियाप्रति श्रद्धाञ्जली अर्पण गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्