Logo
Logo

कस्तो रहला आज दिनभरीको मौसम ?


3.5k
Shares

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त प्रणालीका कारण हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने तराईका भूभागमा हुस्सु लागेको छ ।

यस्तै आज (आइतबार) दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशका बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ ।

महाशाखाका अनुसार आज राति प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बांकी भू-भागहरुमा आंशिक बदली रहनेछ ।

देशको उच्च पहाडी भू-भागका एक/दुई स्थानहरुमा हल्का हिमपातको सन्भावना रहेको महाशाखाले जनाएको छ ।

देशभर आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेकाले देशभर चिसो बढ्ने महाशाखाले जनाएको छ । चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्