Logo
Logo

स्थानीय तहको निर्वाचन समयमै हुनुपर्छ : नेता कोइराला



विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताएका छन् ।

विराटनगरस्थित कोइराला निवासमा आइतबार पत्रकारहरुसँग कुरा गर्दै नेता कोइरालाले लोकतन्त्रमा अद्यावधिक निर्वाचन मौलिक हक भएको बताउँदै निर्वाचन कुनैपनि वहानामा सार्न नहुनेमा जोड दिए ।

सरकारले निर्वाचनका विषयमा निर्वाचन आयोगसँग छलफल गरेर लगाउनुपर्ने बताउँदै उनले भने, ‘ऐन कानुन परिवर्तन गरेर निर्वाचन सार्न हुँदैन । गठबन्धनसँग भन्दा पनि सरकारले निर्वाचन आयोगसँग छलफल गरेर निर्वाचनको मिति तोक्दा राम्रो हुनेछ ।’ नेता कोइरालाले अर्को एक प्रशंगमा प्रदेश–१ को नामकरण दलको सहमतिमा हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्