Logo
Logo

धरान जेसीजको पदस्थापन सम्पन्न



धरान । धरान जेसीजको पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । धरान १ स्थित सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा भएको उक्त कार्यक्रममा धरान जेसीज वर्ष २०२१ का पदाधिकारीहरुको बिदाई र वर्ष २०२२ का नवनिर्वाचित पदाधिकारीहरुको स्वागत गरिएको छ ।

४६ औं पदस्थापन दिवस तथा पुरस्कार वितरण कार्यक्रमकै अवसरमा धरान जेसीजको परियोजनाको रुपमा रहेको जुनियर जेसीजको समेत २५औं पदस्थापन सम्पन्न भएको छ ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा वर्ष २०२२ का लागि निर्वाचित धरान जेसीजका अध्यक्ष प्रतीक श्रेष्ठलाई वर्ष २०२१ का अध्यक्ष मणिराज अधिकारीले शपथ ग्रहण गराएका थिए भने नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो कार्यसमितिका निर्वाचित तथा मनोनित पदाधिकारीलाई शपथ ग्रहण गराएका छन् ।

पदाधिकारीहरुमा कार्यकारिणी उपाध्यक्षद्वय सागर प्रसाई, सलुजा मास्के, कानुनी सल्लाहकार आशिषराज यादव, महासचिव रिशीराम भट्टराई, कोषाध्यक्ष आयुष्मा शाक्य, उपाध्यक्षहरु कायुङ राई, राजेन्द्र रिजाल, निशान नेपाल, शुभम् शाक्य, सचिव राजु शाक्य, आर्थिक सल्लाहकार दिपा श्रेष्ठ, जनसम्पर्क अधिकारी रीमा थापा मगर, जुनियर जेसीज संयोजक अनिल श्रेष्ठ, तालिम निर्देशक कृष्ण केसी वर्मा, शाखा सम्पादक खेमकला काङबाङ (आयुष्मा), प्रकरण निर्देशक लोकेन्द्र श्रेष्ठ, संघसंस्था संयोजक ईन्द्रबहादुर कार्की, कोष वृद्धि संयोजक बिदुर थापा, भवन निर्माण संयोजक वर्षा अग्रवाल (श्रेष्ठ), सामुदायिक कार्यक्रम संयोक सुमित्रा राई (सन्जु) र रेकर्ड एण्ड रिकगिनसन अफिसर पुजा अग्रवाल रहेका छन् ।

यसैगरी धरान जुनियर जेसीज २०२१ का अध्यक्ष साहिल भुजेलले २०२२ का अध्यक्ष आयुुष्मान कार्कीलाई शपथ ग्रहण गराएका छन् ।

पदस्थापन कार्यक्रममा नयाँ नेतृत्वले आफ्ना भावी कार्यक्रमहरु प्रस्तुत गरे भने पुरानो नेतृत्वले आफूले सम्पन्न गरेका कार्यक्रमहरुको प्रतिवेदन प्रस्तुत गरेका छन् ।

यसैगरी वर्षभरि शाखाको हरेक क्षेत्रमा आफूलाई संलग्न गराउँदै उत्कृष्ट हुने जेसीहरुलाई पुरस्कृत गरिएको छ ।

सन् १९७५ मा बिराटनगर जेसीजको मातृत्वमा धरान जेसीजका संस्थापक अध्यक्ष सिनेटर श्याम गोबिन्द श्रेष्ठद्वारा स्थापित धरान जेसीजलाई हालसम्म ४५ जना अध्यक्षहरुले नेतृत्व गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्