Logo
Logo

पूर्वमुख्यमन्त्री आचार्यको वडामा एकीकृत समाजवादीको कमिटी



इनरुवा । सुनसरीको इनरुवा नगरपालिका वडा नं. ६ मा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले वडा कमिटी गठन गरेको छ ।

साविकमा मधेसा गाविस रहेको उक्त वडामा दुर्गानारायण चौधरी (लालु)को अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरिएको हो । यो वडा प्रदेश नं. १ का पूर्वमुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य भीम आचार्यको घर भएको वडा हो ।
उक्त वडामा कमिटी गठन भएसँगै इनरुवा नगरअन्तर्गत वडा कमिटी गठन गर्ने कार्य अन्तिम चरणमा पुगेको नेकपा एकीकृत समाजवादी इनरुवा नगर कमिटीका अध्यक्ष सुवाष राईले बताए ।

भेलाका प्रमुख अतिथि नेकपा एकीकृत समाजवादी सुनसरीका अध्यक्ष गोविन्द निरौलाले इनरुवा नगरपालिकाको वडा नं. ६ कमिटी सानदार ढंगले गठन हुँदा त्यसले आन्दोलन र अभियान बिसर्जन गर्न खोज्ने अवसरवादीहरूलाई गतिलो झापड दिएको चर्चा गरे ।

भेलाले कमिटीको उपाध्यक्ष यशोदा फुयाँल, सचिव कुलबहादुर (अभि) निरौला, सहसचिवहरू यमबहादुर बस्नेत र पर्शुराम कटुवाललाई चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्