Logo
Logo

मधेसमा एकीकृत समाजवादीबाट एक राज्यमन्त्री थपिए



जनकपुर । मधेस प्रदेश सरकारले आइतबार एक राज्यमन्त्री नियुक्त गरेको छ । नेकपा एकीकृत समाजवादीबाट नागेन्द्र राय यादवलाई उद्योग वन पर्यटन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त गरिएको हो ।

प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री लालबाबु राउतले नवनियुक्त राज्यमन्त्री यादवलाई आइतबार बिहान पदको शपथ गराए । राज्यमन्त्री बनेका यादव रौतहटका हुन् ।

यसअघि गत मंसिर ५ गते नेकपा एकीकृत समाजवादीबाटै उद्योग वन पर्यटन तथा वातावरण मन्त्रीमा शत्रुधन महतो र प्रदेश मामिला तथा कानुनमन्त्रीमा प्रमोद यादव मधेस सरकारमा सहभागी भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्