Logo
Logo

सुरक्षा निकायमा ‘कांग्रेसीकरण’को खतरा



काठमाडौं । निर्वाचनको मुखमा नेपाल प्रहरीमा कांग्रेसीकरणको जोखिम देखिएको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले राजनीतिक दबाबलाई ‘म्यानेज’ गर्न नसक्दा प्रहरीको चेन अफ कमाण्ड राजनीतिक नेतृत्वमा पुगेको छ ।

पछिल्लो सरुवा बढुवामा पूर्ण रुपमा राजनीतिक नेतृत्व हावी भएको छ । कांग्रेस निकट एसपीहरुले हाल जिल्लाको कमाण्ड सम्हालेका छन् । निर्वाचनको आचारसंहिता लाग्नुअघि थप जिल्ला इन्चार्जहरुको सरुवा गरी आफ्नो मान्छे पठाउने गृह मन्त्रालयको तयारी छ ।

एक वर्ष अवधि नपुगेका एसपीहरुलाई समेत हटाउन लागिएको छ । उनकै गृहजिल्ला रुपन्देहीका एसपी मनोज केसीलाई हटाएर अनुकूलका प्रहरी अधिकृत लैजाने समूह सक्रिय छ ।

त्यसो त प्रधानमन्त्री शेरबहादुर देउवाको पार्टीले सरकारमा अर्थ मन्त्रालय लिनेमा कांग्रेसले यसपटक अर्थ छाडेर गृह मन्त्रालय लिएको छ । निर्वाचनमा प्रहरीमार्फत चलखेल गर्न उसले गृह रोजेको बताइन्छ । गृहमन्त्रीको हस्तक्षेपले पनि त्यो कुरा प्रष्ट हुँदै गएको छ ।

यसरी प्रहरीमा हस्तक्षेप बढ्दै जाँदा निर्वाचनमा प्रहरीको निष्पक्ष भूमिकामाथि प्रश्न उठ्ने जोखिम बढेको छ । निर्वाचनको मुखमै दुवै प्रहरीको नेतृत्व परिवर्तन हुने र जिल्ला इन्चार्जको सरुवामा पनि भइरहेको राजनीतिकरणले प्रहरीलाई आफ्नो विश्वास जोगाउन गाह्रो हुने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्