Logo
Logo

कस्तो रहला आज दिनभरीको मौसम ?


2.1k
Shares

काठमाडौं । हाल देशभर पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (मंगलबार) दिउँसो प्रदेश १, बागमती तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

त्यस्तै प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ ।

महाशाखाका अनुसार आज राति देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ ।

बिहान र बेलुकीको समयमा चिसो कायमै रहेकाले चिसोबाट बच्न र देशको पहाडी भू–भागको केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेकोले त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्