Logo
Logo

नेपाल बारको आज मतदाता नामावली सार्वजनिक


1.8k
Shares

काठमाडौं । नेपाल बार एसोसिएसनले आगामी चैत १९ गते हुने निर्वाचनको तालिका प्रकाशित गरेको छ । बारले मंगलबार (आज) मतदाता नामावली प्रकाशित गर्ने तालिकामा उल्लेख छ ।

२३ फागुन २०७८ मा उमेद्वारी मनोनयन दर्ता गर्नुपर्नेछ । त्यसपछि करिब तीन साताभन्दा बढी प्रचारप्रसारका लागि समयावधि मिलाइएको छ ।

१९ चैतमा देशभरका ३५ वटा निर्वाचन केन्द्रमा मतदान हुनेछ । बारले निर्वाचन केन्द्र पनि तोकेको छ ।

बारको अहिलेको कार्यसमितिको कार्यकाल सकिन लागेकाले नयाँ नेतृत्व चयन गर्न निर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्