Logo
Logo

भ्रष्टाचारका आरोपी न्यायाधीश ?


1.3k
Shares

काठमाडौं । जिल्ला न्यायाधीशको परीक्षाको महिनौंदेखि रोकिएको नतिजा आइतबार सार्वजनिक भयो । १९ जना माग भएकामा तीन जना मात्र उत्तीर्ण भएको लिखित परीक्षामा एक जना भ्रष्टाचारको अभियोगमा निलम्बनमा रहेका अधिकारी छन् ।

दोस्रो नम्बरमा नाम निकालेका चन्द्रकुमार पोखरेल हाल निलम्बनमा छन् । आन्तरिक खुला र खुलातर्फ नाम निकालेका उनलाई गत १२ माघमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । ९ वटा चुनढुंगा खानीलाई सवा अर्ब क्षतिपूर्तिबाट उन्मुक्ति दिने रिपोर्ट दिएर भ्रष्टाचार गरेको अभियोग उनीमाथि छ ।

पछिल्लो समय उनी काभ्रेमा जिल्ला न्यायाधिवक्ताका रुपमा कार्यरत थिए । महान्यायाधिवक्ता कार्यालयमा कार्यरत रहँदा उनी खानी तथा भूगर्भ विभागले जयराज घिमिरेको नेतृत्वमा गठन गरेको समितिमा सदस्य थिए । सो समितिले उद्योगीको प्रभाव तथा तत्कालीन उद्योगमन्त्री लेखराज भट्टको दबाबमा कानूनको गलत ब्याख्या गरी सवा अर्ब क्षतिपूर्तिबाट उन्मुक्ति दिएका थियो । त्यसमा आर्थिक चलखेल भएको आरोप लागेको छ । त्यही समितिमा रहँदा पोखरेल न्यायाधीश हुनबाट बञ्चित हुने भएका छन् । लिखित परीक्षामा नाम निकाले पनि उनलाई अन्तर्वार्तामा नबोलाइने न्याय सेवा आयोगले जनाएको छ । सो मुद्दा फैसला भएपछि मात्र अब उनको अन्तर्वार्ता हुने भएको छ, त्यो पनि सफाइ पाएको खण्डमा ।

त्यस्तै, १८ मा ३ जनाले मात्र नाम निकालेपछि बाँकी पदमा अब सिधैं नियुक्ति हुने भएको छ । नियुक्तिमा कत्तिको अब्बल व्यक्ति पर्नेछन्, कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको लागि समेत यो पहिलो परीक्षा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्