Logo
Logo

प्रहरीमा लेखापालको शक्ति



काठमाडौं । केही लेखापालहरू एकीकृत भएर आफु अनुकुल सरुवा सम्बन्धि कार्यविधि बनाउन खोज्दा असारमा हुनुपर्ने लेखापालहरूको सरुवा अहिलेसम्म हुन सकेको छैन । प्रहरी महानिरीक्षक र गृह मन्त्रालयबीच त्यस विषयमा कुरा नमिल्दा कार्यविधि संशोधन हुन नसकेको स्रोत बताउँछ । नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैमा लेखापलको सरुवा हुन सकेको छैन ।

यसले प्रहरीका लेखापालहरू कति शक्तिशाली छन् भन्ने देखाउँछ । सशस्त्र प्रहरीका लेखापालहरु अझै बलिया हुन् । उनीहरूले आफ्नो लागी छुट्टै दरबन्दी नै थप्ने प्रयास गरेका छन् ।

सशस्त्रमा लेखाको छुट्टै समूह छ । हाल लेखातर्फ डिएसपीको १० दरबन्दी थप्ने चलखेल चलिरहेको छ । आठ वटा बाहिनी र मुख्यालयमा २ वटा गरेर १० वटा दरबन्दी थप्न लागिएको हो । संगठनको आवश्यकता भन्दा पनि लेखाका इन्सपेक्टरको लागि यो दरबन्दी थप्न लागिएको हो । लेखामा बसेर अकुत कमाएका इन्सपेक्टरहरूले यसमा आर्थिक लगानी गरेको चर्चा सशस्त्र प्रहरी मुख्यालयमा छ । यसरी दरबन्दी थप्न दौडधुप गर्ने इन्सपेक्टरहरूमा राजुकमार ढकाल, गणेश मल्ल, शोभाकान्त ढकाल, करबहादुर घर्ती, महेन्द्र हमाल, रमेश थापा, खुसबहादुर श्रेष्ठ, उर्मिला थापा, सुदन गिरी, तारा केसी, उमाकान्त जोशीलगायत छन् ।

त्यस्तै, कानूनतर्फ पनि एसपी युवराज अर्यालकै लागि एसएसपीको एक दरबन्दी थप गरिएको छ । सशस्त्र प्रहरीमा अस्पतालमा अकुत कमाएका डा. रुपक महर्जन पनि लामो प्रयासपछि आफ्नो लागि डिआइजीको दरबन्दी थप्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्