Logo
Logo

अयोग्यलाई उपकुलपति



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टी अन्तर्गत भएका मन्त्रालयहरुले गरेको नियुक्ति एकपछि अर्को गर्दै विवादमा परेको बेला राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिमा पनि विवाद भएको छ ।

उक्त प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि गत पुस ७ गते मागिएको विज्ञापनमा १६ जनाले दरखास्त हालेका थिए । त्यसमध्ये तीन जनाको नाम सिफारिस समितिले छानेको थियो । जसमध्ये प्रा.डा. ऋषिकेशनारायण श्रेष्ठको नाम एक नम्बरमा परेको थियो । तर, श्रेष्ठलाई उपकुलपति नियुक्त नगरी विकास लामिछानेलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्त गरिएको समाचार प्राप्त भएको छ ।

समाचार स्रोतका अनुसार लामिछानेको उपकुलपति बन्ने योग्यता पुग्दैन । तर, पनि मेडिकल माफियाको प्रभावमा परेर स्वास्थ्यमन्त्री विरोध खतिवडाले लामिछानेलाई उपकुलपति नियुक्त गरेपछि पार्टीभित्र व्यापक विरोध भएको छ ।

प्रतिष्ठानको कार्यविधि, २०७८ अनुसार उपकुलपति हुन मान्यताप्राप्त शैक्षिक संस्थाबाट चिकित्साशास्त्रमा कम्तीमा स्नातकोत्तर गरेको, कम्तीमा प्राध्यापक वा मन्त्रालयसम्बद्ध निकायमा एघारौं तह वा सो सरहको पदमा काम गरेको व्यक्ति मात्र योग्य भन्ने उल्लेख गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार लामिछाने एघारौं तहबाट अवकाश पाएका व्यक्ति हुन् । लामिछाने चिकित्साशास्त्रमा नभई सार्वजनिक स्वास्थ्यमा स्नातकोत्तर हुन् ।

प्रतिक्रिया दिनुहोस्