Logo
Logo

एमसीसीविरुद्ध प्रदर्शनकारीद्वारा संसद भवन घेराउ


2.4k
Shares

काठमाडौं । एमसीसीको विरोध गर्दै नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन भइरहेको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका जनवर्गीय संगठनका नेता कार्यकर्ताहरू माइतीघरमा भेला भएर एमसीसीविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् । उनीह र्‍यालीसहित प्रदर्शन गर्दै संसद् भवन नयाँ बानेश्वरमा भेला भएका छन् ।

बिहीबार निषेधित क्षेत्र तोडेर संसद् भवन घेराउ गर्ने उनीहरुको तयारी छ । त्यस्तै अर्को दल नेकपा समाजवादीका जनवर्गीय संगठन अनेरास्ववियुले पनि एमसीसीको विरोधमा मीनभवनबाट विरोध र्‍याली निकाल्ने र संसद् भवन घेराउ गर्ने तयारी गरेको अध्यक्ष सुदेश पराजुलीले बताएका छन् ।

सत्तारुढ दलका जनवर्गीय संगठनबाहेक विप्लव समूह, क्रान्तिकारी माओवादीलगायतका ६ राजनीतिक दलहरूले पनि बानेश्वर क्षेत्रमा प्रदर्शन गर्ने जनाएका छन् । राजावादी पार्टी राप्रपाले समेत एमसीसीको विरोधमा प्रदर्शन गर्दै आएको छ । विरोध प्रदर्शनलाई मध्यनजर गर्दै बानेश्वर आसपासका सडकमा प्रशासनले सुरक्षा तैनाथी बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्