Logo
Logo

बागमती प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित


504
Shares

मकवानपुर । बागमती प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगन भएको छ ।

बैठक फागुन १६ गते सोमबारका लागि तय गरिएको थियो । प्रदेशसभा सचिवालयले आज यहाँ सूचना जारी गर्दै विशेष कारणवशः बैठक स्थगन गर्नुपरेको जनाएको छ । यस्तै आज दिउँसो १ बजेका लागि तय भएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगन भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

यही फागुन ४ को सर्वदलीय बैठकपछि सभामुख सानुकुमार श्रेष्ठले सोमबारका लागि बैठक आह्वान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्