
गलेश्वर । समथर फाँटमा पहेँलै फुलेको तोरी, खेतको फाँटमा पक्की सडक र उत्तरतर्फ देखिने सेताम्यै हिमालका कारण भाइरल बनेको जिल्लाको बेनी नगरपालिका–१ रत्नेचौरमा धार्मिक महोत्सव हुने भएको छ ।
धार्मिक तथा पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना रहेको रत्नेचौरमा अवस्थित श्रीलक्ष्मी हरि मन्दिरमा फागुन २३ देखि ३० गतेसम्म महोत्सवको आयोजना गर्न लागिएको मन्दिरका अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक नेत्रबहादुर महतले बताए ।
महाज्ञयको अवसरमा विभिन्न जिल्लामा रहेका धार्मिकस्थलबाट समेत भक्तजनको आगमन हुने जनाइएको छ । धार्मिक महोत्सवको प्रचारप्रसार तथा आवश्यक तयारीका लागि १५१ सदस्यीय समितिसमेत बनाइएको स्थानीय युवा विक्रम बोगटीले जानकारी दिए । महोत्सवमा छिमेकी जिल्लाका साथै, विभिन्न क्षेत्रमा रहेका धार्मिक सङ्घसंस्थालाई सहभागिताका लागि अनुरोध गरिएको छ ।











