काठमाडौं । अन्ततः अमेरिकी सहयोग परियोजना (एमसीसी) प्रतिनिधिसभाबाट अनुमोदन हुने भएको छ । आइतबार बसेको सत्तारुढ गठबन्धन बैठकले एमसीसी संसदबाट अनुमोदन गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन बैठकले एमसीसीलाई ब्याख्यात्मक घोषणासहित आजै संसदबाट अनुमोदन गर्ने भएको छ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार सत्ता गठबन्धनबीच सहमति पछि आजै संसदबाट अनुमोदन गर्ने निर्णय भएको छ ।
बालुवाटारमा बसेको गठबन्धनको बैठकले एमसीसीलाई ‘इण्डोप्यासिफिक रणनीति’अन्तर्गत नभई आर्थिक सहयोगका रुपमा व्याख्या गर्दै पहिलो चरणको संसद बैठकमा एमसीसी सम्झौतासहित ‘व्याख्यात्मक घोषणा’ प्रस्ताव पेश हुनेछ । त्यसपछि दोस्रो बैठक राखेर अनुमोदन गर्ने निर्णय भएको नेता पौडेलले बालुवाटार बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए ।











