Logo
Logo

मन्त्रालयको शौचालयमा घुस


56.3k
Shares

काठमाडौं । देशमा भ्रष्टाचारको अवस्था कस्तो छ भने कर्मचारीहरूले आफ्नो सरुवाको चिठी लिन समेत घुस बुझाउनुपर्ने अवस्था छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा यस्तो बेथिति देखिएको छ ।

मन्त्रालयमा सरुवाको निर्णयमा हस्ताक्षर गर्न पाँच हजार तथा चिठी लिन दुई हजार घुस लिने गरिएको कर्मचारी बताउँछन् । सरुवा हेर्ने शाखाका उपसचिवद्वय रविन्द्र थापा र रुपनारायण खतिवडाले नै अनावश्यक दुःख दिने गरेको कर्मचारीको गुनासो छ । मन्त्रालयको शौचालयमा बोलाएर आफुसँग दुई हजार घुस लिइएको र त्यसपछि मात्र चिठी दिइएको एक कर्मचारीले दृष्टिलाई बताए ।

मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा सहसचिव रघुराम विष्ट आएपछि झन् बेथिति बढेको हो । विष्ट हालै स्वास्थ्यबाट सरुवा भएर आएका हुन् । स्वास्थ्यमा समायोजनका नाममा उनले कर्मचारीबाट लाभ लिएका थिए ।

आफुले चाहेको ठाउँमा सरुवा हुन त मन्त्रीकै सचिवालयले डिलिङ गर्दै आएको छ । मन्त्रीका निजी सचिव लेखनाथ भट्टराई र स्वकीय सचिव सुरज महर्जनले यस्तो सरुवाको डिल गर्दै आएका छन् । मन्त्रालयमा बढेको बेथिति देखेर सचिव सुरेश अधिकारीसमेत वाक्क भइसकेको स्रोत बताउँछ ।

उता, आन्तरिक प्रशासन शाखा पनि अस्तव्यस्त हुन पुगेको छ । शाखाका उपसचिव दरशथ ओडले आफु निकटका कर्मचारीलाई सो शाखामा राखेको र उनीहरूले निष्पक्ष काम गर्न नसकेपछि मन्त्रालयमा असन्तुष्टि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्