Logo
Logo

पौडी खेल्न गएका युवक बेपत्ता


441
Shares

सांकेतिक तस्बीर

गोदावरी । कर्णाली नदीमा पौडी खेल्न गएका एक युवक बेपत्ता भएका छन् ।

कैलालीको मोहन्याल गाउँपालिका–७ का अन्दाजी ३२ वर्षीय धर्म भण्डारी नदीमा डुबेर बेपत्ता भएका प्रहरीले जनाएको छ ।

सोमबार पौडी खेल्ने क्रममा ती युवक डुबेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बेपत्ता भण्डारीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्