
इनरुवा । सुनसरीको गढी गाउँपालिका–६ मझौस्थित रामजानकी मन्दिरको प्रांगणमा ट्याक्टरको ठक्करबाट गए राति एक वृद्धको मृत्यु भएको छ ।
ठक्करबाट स्थानीय ७० वर्षीय हरिलाल मगरदैता यादवको मृत्यु भएको हो । प्र१–०२–००३त १०३३ नंको टयाक्टरले यादवलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते उनको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।














