काठमाडौं । काठमाडौं महानगरपालिका–६ सरस्वतीनगरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मंगलबार बेलुकी ९ः१५ बजे बा६४ प १३९६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई पैदलयात्रीलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ओखलढुंगा स्थायी घर भई आरुबारी बस्ने मोटरसाइकल चालक ३० वर्षीय शिवराज कार्की र पैदलयात्री गोपीकृष्ण बस्ने ओखलढुंगा हर्कपुर गाउँपालिका घर भएका ६१ वर्षीय दुर्गा बहादुर कार्की रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका शिवराजको हेल्पिङ ह्याण्ड अस्पताल चावहिलमा र दुर्गा बहादुरको ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।











