Logo
Logo

एमालेको नाराबाजीकै बीच राष्ट्रिय सूचना आयोगको प्रतिवेदन पेश


189
Shares

काठमाडौं। प्रतिनिधिसभाको बैठक राष्ट्रिय सूचना आयोगको प्रतिवेदन पेश भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७७/७८ पेश गरेका छन् ।

१ बजेका लागि बोलाइएको बैठक समय भन्दा १५ मिनेट ढिलो गरी शुरु भएको थियो । बैठक शुरु भए लगत्तै एमाले सांसदहरूले उठेर अवरोध गरेका थिए ।

उनीहरूले संसदीय मर्यादा पालनाको माग गर्दै पछिल्लो सात महिनादेखि संसद बैठक अवरोध गर्दै आएका छन् ।

आफूले कारबाही गरेको १४ सांसदलाई कारबाही गरेको सूचना प्रकाशित नगरेको भन्दै एमाले सभामुखसँग रुष्ट छ ।

पछिल्लो समय उसले सभामुख अग्निप्रसाद सापकोटाको बहिर्गमन र १४ सांसदलाई कारबाहीको माग गर्दै आएको छ ।

प्रतिनिसभाको अर्को बैठक फागुन २२ गते दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्