Logo
Logo

संसद अवरुद्ध गरेर एमालेले जनतामाथि विश्वासघात गर्‍यो : माधव नेपाल


3.4k
Shares

काठमाडौं । संसद अवरुद्ध गरेर नेकपा एमालेले जनतामाथि विश्वासघात गरेको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा सहभागी भएर बहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । उनले प्रमुख प्रतिपक्ष दल एमालेप्रति इंगित गर्दै ‘कुबुद्धि’ हटेपछि मात्रै संसद्को अवरोध अन्त्य हुने बताए ।

उनले सत्तापक्षले संसद् सञ्चाल गराउन टुनामुना गरिरहे पनि सफल हुन नसकेको बताए । उनले आउने चुनावमा यसको मूल्य चुकाउनु पर्ने चेतावनी दिए ।

उनले भने, ‘जहिले कुबुद्धि सप्रिन्छ, तैले अवरोध अन्त्य हुन्छ। सत्ता पक्षले धेरै टुनामुना लगाइरहेको छ, काम लागेको छैन। यसले झनै आफ्नो प्र्रतिष्ठा खस्काएको छ। लोकतान्त्रिक प्रतिवद्धताको प्रश्न खडा गरेको छ। जनताको विश्वासप्रति घात गर्ने काम भएको छ। यसको मूल्य उहाँले आउने चुनावमा तिर्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्