Logo
Logo

कस्तो रहला आज दिनभरीको मौसम ?


882
Shares

काठमाडौं । देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भु-भागमा मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसोसुदुरपश्चिम, कर्णाली तथा प्रदेश १ को पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ ।

त्यस्तै सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै र बाँकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानहरूमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशखाको भनाई छ ।

सुदुरपश्चिम प्रदेशका केही र बाकी प्रदेशका थोरै उच्च पहाडी तथा हिमाली भू-भागहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले जनाए अनुसार राती देशको पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका पहाडी भू-भागको थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्