Logo
Logo

संसद भवनमा बम राख्ने पक्राउ


1.4k
Shares

काठमाडौं । संसद भवन अगाडि बम राख्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेको भुम्लु गाउँपालिकाको सिमथलीका सुवास महतलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ परेका उनले यही फागुन १६ गते संसद भवनमा बम राखेका थिए । महत विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी नेता हुन । अनेरास्ववियु क्रान्तिकारी पशुपति क्याम्पस इकाइ समितिका अध्यक्ष महतसहित दुईजनाले मोटरसाइकलमा गएर प्रेसर कुकर बम राखेका प्रहरीले जनाएको छ ।

उनीहरुले बम राख्न प्रयोग गरिएको प्रदेश–३–०२–०३० प ७०८५ नम्बरको मोटरसाइकल महाशाखाले बरामद गरेको छ । सिसिटिभी फुटेजबाट बम राख्न प्रयोग भएको मोटरसाइकल र महतले लगाएको कपडाबाट प्रहरीले उनको पहिचान गरेको थियो ।
बम राख्ने अर्का एकजना फरार रहेका प्रहरीको भनाइ छ । गौरीघाट बस्दै आएका महतले कुकरमा कागज र प्लाष्टिक राखेर संसद भवन अगाडि छाडेको प्रहरीलाई बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्