Logo
Logo

बागमती प्रदेशसभा बैठक फागुन २९ गते बस्दै



काठमाडौं । बागमती प्रदेशसभा बैठक यही फागनु २९ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालयले बुधबार एक सूचना जारी गर्दै बैठकबारे जानकारी गराएको हो ।

प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार करिब साढे दुई महिनादेखि बस्न नसकेको प्रदेशसभाको बैठक पुनः आह्वान गरिएको हो ।

यसअघि फागुन १६ गतेका लागि बोलाइएको बैठक सूचना प्रकाशित गरी अनिश्चितकालका लागि स्थगित भएको सचिवालयले जनाएको थियो । प्रदेशसभा बैठक गत पुस ८ गतेदेखि बस्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्