Logo
Logo

सर्वाधिक राशिको खप्तड गोल्डकप सुरु हुँदै, मनाङ र दिल्ली फुटबल क्लबले उद्घाटनमा खेल्ने


567
Shares

काठमाडौं । सर्वाधिक राशिको खप्तड गोल्डकप फुटबल आजदेखि सुरु हुने भएको छ । उद्घाटन खेलमा मनाङ मस्र्याङ्दी क्लब र भारतको दिल्ली फुटबल क्लब खेल्ने भएका छन् ।

खेल दिउँसो २ बजे धनगढी रंगशालामा सुरु हुँदैछ । सो प्रतियोगितामा १० टीमले सहभागिता जनाउने भएका छन् । आयोजक सुदूरपश्चिम–११ सहित मनाङ, दिल्ली, हिमालयन शेर्पा क्लब, एनजेजेवाइसी फुटबल क्लब, क्यामरुनको एभेनिर फुटबल क्लब, फ्रेन्ड्स क्लब, बाग्मती युथ क्लब, न्युरोड टिम र मच्छिन्द्र फुटबल क्लबले प्रतियोगितामा भाग लिने भएका हुन् ।

आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै ट्रफी सार्वजनिक गरेको थियो । प्रतियोगिताको विजेता टीमले २१ लाख र उपविजेता टीमले १० लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्