Logo
Logo

गगन थापालाई भीम रावलको जवाफ- सदनमा चिच्याउँदैमा राष्ट्रघात पखालिन्न


1.6k
Shares

काठमाडौं । नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले एमसीसी अनुमोदन गर्नेलाई इतिहासले राष्ट्रिय गद्धार अंकित गर्ने बताएका छन् ।

एमाले अछाम-काठमाडौं सम्पर्क मञ्चको ११औं सम्मेलनलाई सम्बोधन गर्दै रावलले संसदमा चिच्याएर अनुमोदन गर्दैमा राष्ट्रघात नछोपिने र इतिहासले मूल्यांकन गर्ने बताएका हुन् । रावलले संसदमा बहस कहाँ गर्ने भनेर प्रश्न गर्ने कांग्रेस महामन्त्री गगन थापा र एमसीसी सम्झौता नेपालले नै छनोट गरेको हो भन्ने जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको अभिव्यक्तिको जवाफ पनि दिए ।

‘संसदमा जसरी छलफल नगरी चिच्याएर सत्ता गठबन्धनले अनुमोदन गरिएको छ, यसले नेपालको स्वाधीनता र निणर्य गर्ने क्षमतामा गम्भीर आघात पुगेको छ । यसमा संलग्नलाई इतिहासले राष्ट्रिय गद्धार भनेर अंकित गर्नेछ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्