Logo
Logo

कांग्रेस रौतहटको सभापतिमा दुई जनाको उम्मेदवारी दर्ता


रुपेन्द्र पटेल

882
Shares

रौतहट । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत रौतहट जिल्लाको नेतृत्वका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

आगामी शनिबार हुने निवार्चको लागि सभापतिका हृदयनारायण राय यादव र सुनिल कुमार यादव (जितेन्द्र)ले आ–आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराएका हुन् । सभापति पदमा उम्मेदवारी दर्ता गराएका सुनिल यादव संस्थापन पक्षका हुन भने हृदयनारायण संस्थापनइतर पक्षका हुन् ।

सुनिलको प्यानलमा उपसभापति धिरेन्द्र कुमार सिंह र राम लोचन साह कलवार रहेका छन् । त्यसैगरी, सचिवमा सुवास कोइराला र राजेश कुमार चौधरी तथा सहसचिव पदमा फिरोज आलम र सिकेन्द्र प्रसाद पटेलले उम्मेदवारी दर्ता गराएका छन् ।

हृदयनारायणको प्यानलमा उपसभापति महताब आलम, विनोद गुप्ता रहेका छन् भने सचिवमा रामचन्द्र गिरी र सुमन गौतम रहेका छन् । सोही प्यानलबाट सहसचिव पदमा धर्मेन्द्र प्रसाद र मजिद अली रहेका कांग्रेस चन्द्रपुर नगर सभापति मुकेश गिरीले बताए ।

गरुडा नगरपालिकाका उपेन्द्र यादवले पनि सचिव पदमा आफ्नो छुट्टै उम्मेदवारी दिएका छन् । उनको उम्मेदवारीलाई लिएर रौतहट कांग्रेसका मतदाताहरुले विशेष चासोको रुपले हेरेका छन् ।

प्रतिक्रिया दिनुहोस्