Logo
Logo

कस्तो रहला आज दिनभरीको मौसम ?


567
Shares

काठमाडौं । देशको उच्च पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र पहाडी भू–भागमा आंशिक बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

दिउँसो देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी तथा प्रदेश नं १ का पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भू–भागमा मौसम सामान्यता सफा रहने महाशाखाको भनाई छ ।

देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्टयाङ हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी तथा प्रदेश नं १ का पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यता सफा रहने महाशाखाको भनाइ छ । महाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

देशका हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्