Logo
Logo

पूर्वमुख्यमन्त्री शाहीद्वारा सहयोग


819
Shares

सिमकोट । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जिल्ला प्रहरी कार्यालय हुम्लामा रहेका थुनुवा तथा कैदीबन्दीका लागि टेलिभिजन (टिभी) सहयोग गरेका छन् ।

उनीहरुको मनोरञ्जनका लागि पूर्वमुख्यमन्त्री शाहीले एक थान टिभी सहयोग गरेका जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । शाही नेकपा (माओवादी केन्द्र) हुम्लाको जिल्ला समन्वय समितिलाई पूर्णता दिनका लागि यहाँ आएका थिए ।

त्यसक्रममा जिल्ला प्रहरी कार्यालयभित्र भएका थुनुवा तथा कैदीबन्दीलाई मनोरञ्जनका लागि कार्यालयका प्रमुख हेरम्भ शर्मालाई सहयोग हस्तान्तरण गरेका थिए । अहिले जिल्ला प्रहरी कार्यालयमा महिला र पुरुष गरेर १२ थुनुवा तथा कैदीबन्दी रहेका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्