Logo
Logo

माओवादी केन्द्र मोरङको संयोजकमा विश्वास


504
Shares

विराटनगर । नेकपा (माओवादी केन्द्र) मोरङ जिल्ला समन्वय समितिको संयोजकमा विजयकुमार विश्वास चयन भएका छन् ।

पार्टीको प्रदेश कमिटीले प्रदेशसभाका सदस्यसमेत रहेका उनलाई जिल्ला संयोजकको जिम्मेवारी दिएको हो । विश्वास पूर्वराज्यमन्त्री पनि हुन् । माओवादी केन्द्रले संघीयताको कार्यान्वयन गर्दै जिल्ला कमिटीलाई समन्वय समितिमा रुपान्तरण गरेको छ । समन्वय समितिमा प्रदेश कमिटिले संयोजक तोक्ने व्यवस्था छ भने सचिवको निर्णय समन्वय समितिको बैठकले गर्ने पार्टीको प्रदेश कमिटीका सचिव गणेश उप्रेतीले जानकारी दिए ।

प्रदेश कमिटिले मोरङको सह–इञ्चार्जहरुमा खेम भट्टराई, लालबहादुर सुस्लिङ, हेम कार्की, प्रेम मिभव लिम्बू र सुशीला घिमिरेलाई जिम्मेवारी दिएको छ । भट्टराईले संयोजकको दाबी गर्दै आएकोमा सहइञ्चार्जको जिम्मेवारी दिइएको हो । जिल्ला इञ्चार्ज भने केन्द्रीय सदस्यमध्येबाट केन्द्रीय समितिले तोक्नेछ । प्रदेश कमिटीले सुनसरीको संयोजकमा पप्पु मण्डल र झापाको संयोजकमा राजु आचार्यलाई जिम्मेवारी दिएको छ । यस्तै, मोहन टुडु झापा सचिव बनेका छन् । झापाको सहइञ्चार्जहरुमा सीपी कंडरिया, बोधराज दाहाल, ज्योतिसिंह दर्लामी, पुरुषोत्तम चुंडाल, पूर्णसिंह राजवंशी र रोशन कन्दङ्वा रहेका छन् ।

प्रदेश कमिटीले प्रदेशको गैरभौगोलिक पार्टी कमिटीको संयोजकको जिम्मेवारी भानु मैनालीलाई दिएको छ । सो कमिटीको सहइञ्चार्जहरुमा भूपाल सापकोटा, गरिमा भट्टराई, ओपेन्द्र राय र शिखर कंडरिया रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्