
सुनसरी । नेकपा माओवादी केन्द्रका प्रदेश नं. १ का नेता चन्द्रबहादुर कार्की नेकपा एकिकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन ।
शनिवार इनरुवामा आयोजित कार्यक्रममा नेकपा एकिकृत समाजवादीका नेताहरुले नेता कार्कीलाई पार्टी प्रवेश गराउँदै स्वागत गरेका हुन ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता कार्कीले लामो समय नेकपा माओवादीको आन्दोलनमा भुमिगत हुँदै जेल जीवन विताए पनि माओवादी भित्र बढ्दै गएको व्यक्तिवादी प्रवृत्ति र गलत चिन्तनका कारण कम्युनिष्ट विचार र सिद्धान्त समाप्त भएको ठहर गर्दै एकीकृत समाजवादीमा प्रवेश गरेको बताए ।











