Logo
Logo

सभामुखले बोलाए कार्य व्यवस्था समितिको बैठक


1k
Shares

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने भएको हो ।

सभामुखको सचिवालयले बैठकको कार्यसूची तय गर्न बिहान साढे ११ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाइएको जनाएको छ ।

संसद सचिवालयले शनिबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औं वार्षिक प्रतिवेदन पेश गर्ने उल्लेख छ ।

कार्य व्यवस्थाको बैठकले कार्यसूचीलाई अन्तिम रुप दिने भएकाले आजको सम्भावित कार्यसूची संशोधन पनि हुनसक्नेछ ।

प्रतिक्रिया दिनुहोस्