Logo
Logo

पल शाहलाई थप १२ दिन थुना राख्न अदालतको अनुमति


693
Shares

काठमाडौं । एक नाबालिग गायिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ ।

यसअघि ७ दिन थुनामा राखेर अनुसन्धान गरेको प्रहरीले थप अनुसन्धानका लागि समय मागेको थियो । शाहलाई म्याद थपका लागि आइतबार जिल्ला अदालत लगिएको थियो । सोमबारबाट अदालतमा उनको बयान सुरु हुने बताइएको छ । शाहले गत फागुन १५ गते तनहुँ प्रहरीमा गिरफ्तारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्