Logo
Logo

प्रेस चौतारीको नवौँ महाधिवशेन पोखरामा सुरु


315
Shares

पोखरा । नेकपा एमाले निकट पत्रकारको संस्था प्रेस चौतारी नेपालको नवौं महाधिवेशन आज शुक्रबारदेखि पोखरामा सुरु हुँदैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले महाविधेसनको उद्घाटन गदैछन् ।

महाधिवेसनमा भाग लिन देशभरका प्रतिनिधि पोखरा आइसकेको चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीले बताए ।

प्रेस चौतारी नेपालको आयोजना र कास्की जिल्लाको आतिथ्यतामा महाधिवेसन पोखरामा हुन लागेको हो । महाधिवेशनमा १ हजार ५० जना प्रतिनिधि, सल्लाहकार पोखरा आउनेको आवास व्यवस्थापन समितिका संयोजक दीपेन्द्र श्रेष्ठले गरेका छन् । जसका लासग ५५ वटा होटलका ५ सय ५० रुम बुक गरिएको बताइएको छ ।

यो महाधिवेशनले संशोधित विधान पास गर्नेछ भने नयाँ नेतृत्व चयन गरेर सकिनेछ । अध्यक्षका लागि ४ जनाको नाम चर्चामा छ । हालका अध्यक्ष गणेश बस्नेत फेरि दोहोरिने तयारीमा छन् । महाधिवेशनको संयोजक तथा प्रेस चौतारीका उपाध्यक्ष गणेश पाण्डे, उपाध्यक्षद्वय माधव नेपाल र टिका विष्टको पनि दावी छ ।

चौतारीमा अध्यक्षसहित ३ उपाध्यक्ष, महासचिव १, उपमहासचिव २ र सचिव १० जनासहित केन्द्रय समिति १ सय ४९ सदस्यीय रहने प्रश्ताव छ । तर अझै ९९ सदस्यीय बनाउन छलफल चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्