
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । देशको गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी भू–भागमा आंशिक बदली रहि वाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशको प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको पहाडी भु–भागमा आंशिक बदली रही बांकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाई छ ।
त्यस्तै प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन ÷ चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको उच्च हिमाली भू–भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राती देशभर मौसम सामान्यतया सफा रहने छ ।
देशका प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भु–भागका एक–दुई स्थानमा मेघ गर्जन ÷ चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहनुको साथै मध्य तथा पूर्वी भूभागका उच्च हिमाली भू–भागमा एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।












