Logo
Logo

शिक्षामा नयाँ नीति अख्तियार गर्दै प्रदेश १ सरकार


315
Shares

विराटनगर । वर्तमान समयमा पनि परम्परागत सिकाई हावी भइरहेको भन्दै प्रदेश १ सरकारले सामुदायिक विद्यालयमा नयाँ सिकाइको नीति अख्तियार गर्ने भएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले अझैपनि सामुदायिक तथा सरकारी विद्यालयका विद्यार्थीलाई बन्द कोठाभित्र नै शिक्षा दिइरहेको भन्दै नवीन सिकाइको प्रयोग गर्नुपर्ने बताएका हुन् ।

‘सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई अव नयाँ ढंगको सिकाई प्रदान गर्नुप¥यो ।खालि कोठाभित्र ल्याएर थुनेर मात्र विद्यार्थीले ज्ञान प्राप्त गर्न सक्दैन’ ओखलढुंगाको चिसंखुगढी गाउँपालिका ४ मा जाल्पा माविको पूनःनिर्मित भवनको उद्घाटन समारोहमा उनले भने, ‘विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा समेत जोड दिनुप¥यो ।’

विद्यार्थीलाई नयाँ कुरा दिन नसके शिक्षकले जागिर खानकै लागि पढाउने तथा विद्यार्थी पास मात्रै हुने भन्दै यस प्रकारको सिकाइ तोड्न शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले गम्भीर भएर सोच्नुपर्ने बताए ।

हुँदा खाने र हुनेखानेको शिक्षा फरक हुँदै गएकोले त्यसतर्फ ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले भाषा जुन भएपनि विद्यार्थीले लिने ज्ञान समान हुनुपर्ने बताए ।

विद्यार्थीमैत्री विद्यालय बनाउन निर्देशन दिँदै मन्त्री कार्कीले जीवन उपयोगी शिक्षा नै आजको आवश्यकता भएकाले शिक्षामा नयाँ नीति प्रदेश सरकारले अख्तियार गर्ने बताए , उनले भने, ‘विद्यालय भवन मात्रै बनेर हुँदैन । उहाँले भन्नुभयो, उपयोगी सिकाइका बारेमा सोचौँ । हैन भने सामुदायिक विद्यालयका भविस्य पनि जोखिममा छ ।’

उनले सो विद्यालयको पढाइ, अतिरिक्त क्रियाकलाप साथै शैक्षिक गतिविधिका बारेमा विद्यार्थीसङै संवाद समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्