Logo
Logo

अर्धचेत अवस्थामा भेटिएकी नाबालिकाको मृत्यु


1.6k
Shares

विराटनगर । मोरङको सुन्दर हरैचा–७ मा अर्धचेत अवस्थामा भेटिएकी नाबालिकाको मृत्यु भएको छ ।

शुक्रबार साँझ घरबाट हराएकी २१ महिने बालिका घरनजिकै घारीमा अर्धचेत अवस्थामा भेटिएकी थिइन् । उपचारको क्रममा शनिबार बिहान नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको हो ।

सुन्दरहरैचा ७ का वडा अध्यक्ष चैतन्य सिटौलाका अनुसार बालिकाको बलात्कार भएको आशंका गरिएको छ । बालिकाको यौनाङ्गमा रक्ताम्यै अर्धचेत अवस्थामा भेटिएको थियो । त्यसपछि आफन्तले गछिया मेडिकलमा लगेको र गछिया पुगेपछि प्रहरीलाई खबर गरेर थप उपचारका लागि नोबेल लगिएको थियो । सिटौलाले बताए ।

बेलुका ४ बजेदेखि हराएकी बालिका घर पछाडि रहेको झाडीमा साढे ५ बजेतिर भेटिएपछि अस्पताल लगिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्